सामसुङको ग्यालेक्सी एस–२३ स्मार्टफोन ५५ देशमा सार्वजनिक |
काठमाडौं । दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । ग्यालेक्सी एस २३ श्रृंखला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ ।
ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरुको संख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ । पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस २२ श्रृंखलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ ।
सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भने, “यस वर्षको लागि आएको पूर्व मागको संख्याले हाम्रा ग्राहकहरुको हाम्रो ब्रान्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिंग इनोभेसन’ र स्बिथरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्तामाझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ ।
रासस-सिन्ह्वा