भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओ नियुक्त |

भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओमा नियुक्त भएका छन् । यसअघि नीलमोहन युट्युबका सीपीओ थिए। उनलाई बढुवा गरी यो जिम्मेवारी दिइएको हो । नील मोहन सन् २००८ देखि गुगलमा काम गर्दै आएका छन् । सन् २०१३ मा कम्पनीले उनलाई ५४४ करोड रुपैयाँ बोनस दिएको थियो ।
उनले पूर्व सीईओ सुसान डियान वोजिकीको स्थान लिनेछन्। सुजनले हालै आफ्नो पदबाट राजीनामा दिएकी छिन् । ५४ वर्षीया वोज्किकीले आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहने बताइन्। आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिन चाहन्छिन् । त्यही भएर उनले पद छाडेकी हुन् । उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।
नील मोहनले स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । नीलले आफ्नो करियर ग्लोरिफाइड टेक्निकल सपोर्टबाट सुरु गरे, जहाँ उनले ६०,००० डलर तलब कमाए। यसबाहेक, नीलले एक्सेन्चरमा वरिष्ठ विश्लेषकको रूपमा काम गरेका छन्। नील मोहनले यस कम्पनीमा ग्लोबल क्लाइन्ट सर्भिसेजको निर्देशकको रुपमा ३ वर्ष ५ महिना काम गरेका थिए । यसबाहेक उनले करिब साढे दुई वर्ष उपाध्यक्ष व्यवसाय सञ्चालनको जिम्मेवारी सम्हालेका थिए ।