नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा दोहोरिए पाण्डे |

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो ।
यससँगै सीईओ पाण्डेले आगामी चार वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।