माघमा २५ अर्ब रुपैयाँले निक्षेप बढ्दा, कर्जा लगानी ११ अर्ब रुपैयाँले बढ्यो |
काठमाडौं । माघ महिनामा बैंकहरुको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार वाणिज्य बैंकहरुमा २५ अर्ब ६ करोड रुपैयाँ निक्षेप थपिएको छ।
पुस अन्तिमसम्ममा ४७ खर्ब १६ अर्ब रुपैयाँ रहेको बेंकहरुको निक्षेप संकलन माघ अन्तिमसम्ममा बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।
माघमा बैंकहरुको कर्जा लगानी भने ११ अर्ब २२ करोड रुपैयाँले मात्रै बढेको छ। माघमा कर्जा लगानी ४२ खर्ब ७८ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
कुन बैंकले कति बढाए व्यवसाय?
माघमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै निक्षेप बढाएको छ। एक महिनामा बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकको पनि निक्षेप १० अर्ब रुपैयाँले बढेको छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप सबैभन्दा धेरै ६ अर्ब ४९ करोड रुपैयाँले घटेको छ भने प्रभु बैंकको पनि ३ अर्ब ६२ करोड रुपयाँ र स्ट्यान्डर्ड चाटर्ड बैंकको ३ अर्ब ३२ करोड रुपैयाँले घटेको छ।
कर्जा लगानीमा पनि एनआइसी एशिया बैंक सबैभन्दा अगाडि छ। बैंकले माघ महिनामा १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाहेक लक्ष्मी बैंकले २ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएको छ भने कुमारी बैंकले पनि २ अर्ब ७ करोड रुपैयाँले बढाएको छ।
यता स्ट्यान्डर्ड चाटर्ड बैंकको भने कर्जा लगानी २ अर्ब ५८ करोड रुपैयाँले घटेको छ। प्रभु बैंकको पनि कर्जा लगानी २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ।