नीतिगत दरमै दैनिक तरलता सुविधा उपलब्ध गराउन कार्यविधि संशोधन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरमै दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा उपलब्ध गराउने कार्यविधि संशोधन गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ओभरनाइट तरलता सुविधा नीतिगत दरमै उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न कार्यविधि संशोधन गरेको हो ।
अब बैंकहरुले ७% ब्याजदरमै ओभरनाईट तरलता सुविधा बैंकहरुले पाउनेछन् । यसअघि दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधाको ब्याजदर ८.५% रहेको थियो ।
उक्त व्यवस्थासँगै अहिलेको चर्को ब्याजदर थोरै भए पनि घट्ने आंकलन गर्न सकिने जानकारहरुले बताएका छन् ।