दुई म्युचुअल फन्डलाई इकाई बिक्री गर्न बोर्डले दियो अनुमति, २२ करोड इकाई आउँदै |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ को १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ ।
यस्तै, कुमारी क्यापिटलले पनि ‘कुमारी सुनौलो योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । बोर्डले अनुमति दिएसँगै यी दुई योेजनाको गरी कुल २२ करोड म्युचुअल फन्ड इकाई बजारमा आउने भएको हो । कुमारीले खुलामुखी र सिद्धार्थले बन्दमुखी योजना निष्कासन गर्न लागेका हुन् ।