थप उपचारका लागि भारत पठाइयो सांसद भण्डारीलाई |

काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ।
सांसद भण्डारीलाई कीर्तिपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो। अब त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाउन लागिएको बताए।
गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो। उनकी आमाको भने निधन भएको छ।