चिनियाँ कम्पनीलाई २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न जिम्मा दिइने |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिने भएको छ । राष्ट्र बैंकले सोमबार चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ लाई नोट छाप्न जिम्मा दिने आशयपत्र जारी गरेको छ ।
यस कम्पनीले ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव राष्ट्र बैंकसमक्ष पेश गरेको थियो ।