नाडेप लघुवित्तको लाभांश रद्ध |
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।
लघुवित्तले डिप्रोक्स लघुवित्तसँगको प्राप्ति सम्बन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न नभई सैद्धान्तिक सहमति बदर भई अर्को कुनै पनि वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मको लागि शेयर होल्डरहरुलाई लाभांश वितरणका लागि राष्ट्र बैंकले प्रतिवन्द लगाएकोले लाभांश वितरण गर्न नसकिएको लघुवित्तले जनाएको छ ।
त्यस अनुसार माघ २९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।