बीवाईडी अट्टो ३ को १०० किलोवाट संस्करणमा नयाँ मोटर सार्वजनिक |
काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले अट्टो ३ को १०० किलोवाट संस्करणमा मोटर सार्वजनिक गरेको छ । बीवाईडी अट्टो ३ नेपालमा पहिलो स्पोर्टी विद्युतीय एसयूभीका रुपमा रहेको साइमेक्सको दाबी छ ।
अल्ट्रा सेफ ब्लेड ब्याट्री रहेको यो गाडी ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ । फुल चार्जमा ४२० किलोमिटर दूरी कुद्न सक्ने कम्पनीको दाबी छ । बीवाईडी अट्टो ३ मा ७ एयरब्याग, एउटा प्यानोरामिक सनरुफ छ । कम्पनीका अनुसार यसमा मोबाइल फोन वायरलेस चार्जिङ, विद्युतीय कन्ट्रोल टेलगेट, विद्युतीय रुपमा सिट समायोजन, भ्वाइस कन्ट्रोल, एलर्डडी हेडल्याम्पजस्ता विशेषता छन् ।
‘यो १०० किलोवाट संस्करणको परिचयसँगै हामी उच्च गुणस्तरको विद्युतीय सवारी चाहने ग्राहकलाई फराकिलो दायरामा पहुँच बनाएका छौं’ साइमेक्सकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् । यस गाडीलाई सक्दो रुपमा कम मूल्यमा बेच्ने प्रयास गरिएको उनले बताइन् । साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले विद्युतीय सवारीको बजारमा यो गाडीलाई गेम चेन्जरको रुपमा हेरिएको बताए । प्रमोसनल अफरमा यस गाडीको मूल्य ६४.९ लाख रुपैयाँ तोकिएको छ । मार्च १५ देखि ग्राहकलाई गाडी डेलिभरी गरिने साइमेक्सले जनाएको छ । बीवाईडीका नजिकका सोरुमबाट गाडी बुक गर्न सकिने श्रेष्ठले बताए ।