आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच प्रारम्भिक सम्झौता |
काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने( मर्जर) प्रारम्भिक सम्झौता भएको छ ।
शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा ‘कम्पनी मर्जर’ सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा ‘आईएमई जनरल इन्स्योरेन्स लिमिटेड’का संचालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र ‘प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड’को तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेको कम्पनी सचिव उमा जोशीले जानकारी गराइन् ।
सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात नयाँ कम्पनीको नाम ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको हो ।
मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिने पौडेलले बताइन् । साथै दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवम् डिडिए रिपाेर्ट समेतका आधारमा ‘आईएमई जनरल इन्स्योरेन्स लिमिटेड’ र ‘प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड’को शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।