नेष्डो समृद्ध लघुवित्तको नाफा ११ करोडभन्दा बढी |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ११ करोड २ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ दशलमव ६४ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. १० करोड ७३ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १८ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ करोड ८८ लाख पु¥याएको छ ।
चुक्तापूँजी रू. २५ करोड ५० लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ६४ करोड ४५ लाख सञ्चित गरेको छ । त्यस्तै रू. ३९ करोड ५० लाख सापटी र रू. २ अर्ब ५९ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. ४ अर्ब ५६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ८६ दशमलव ४५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ६५ गुणा, तरलता अनुपात १६ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३५२ दशमलव ७७ रहेको छ ।