युनियन लाइफ इन्सुरेन्सको नाफा ४७.६१% ले बढ्यो |
काठमाडौँ । युनियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ७ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद नाफा ४७.६१% ले बढेको हो । यसको जीवन बिमा कोषको आकार ३८.९४% ले बढेर १३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष जीवन बिमा कोष ९ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यसको खुद बिमा शुल्क आर्जन भने घट्न पुगेको छ ।
गत वर्ष ३ अर्ब ९८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । हाल युनियनको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
यसको जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ १२ पैसा छ । युनियन लाइफ इन्सुरेन्स प्राइम र गुँरास लाइफसँग मर्जर प्रकृयामा रहेको छ ।