ईसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित |

काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ ।
नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोइरालालाई उक्त सम्मान गरेको हो ।
काठमाडौंको होटल एभरेष्टमा शनिबार भएको एक समारोहमा उनी सम्मानित भएका हुन् । ईसेवा मनि ट्रान्स्फरलाई छनोट गरी पुरस्कृत गरेकोमा म्यानलाई कोइरालाले धन्यवाद दिए । कम्पनीका सञ्चालक, कर्मचारी, एफवान सफ्ट ग्रुप र विदेशमा रहेका नेपालीहरुको माया र सद्भावले नै आफूहरू यस स्थानमा आइपुगेको उनले बताए ।