नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता खल्ती वालेटमा लिङ्क गर्दा तत्काल १०० रुपैयाँ बोनस पाइने |
काठमाडौँ । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेघा बैंक प्रयोगकर्ताका लागि एउटा नयाँ अफर लिएर आएको छ। यस अफर अन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिङ्क गरि आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा १०० रूपैयाँको बोनस प्राप्त गर्नेछन्। साथै, प्रयोगकर्ताहरु मध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्स्क्रिप्शन र बम्परमा स्मार्टफोन जित्ने पनि मौका पाउनेछन्।
मेगा बैंकमा खाता भएका प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गर्नुअघि NIMB को नयाँ खाता नम्बर लिनुपर्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको खाता रहेको प्रयोगकर्ताहरु यस बैंक लिंक गरि अफरमा सहभागी हुन मान्य भइसकेका छन्।
१०० रूपैयाँ बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि सो लिङ्क बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका सबै प्रयोगकर्ताहरूका लागि लागु हुनेछ। यसैबीच, खल्ती प्रोको सब्स्क्रिप्शन हरेक हप्ता ४ जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन्। साथै बम्पर उपहारमा स्मार्टफोन जित्ने १ भाग्यशाली बिजेता रहनेछ। आफ्नो बैंक खाता खल्तीमा लिंक गर्नको लागि प्रयोगकर्ताहरूको केवाइसी प्रमाणित हुनुपर्छ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“हालै एकीकृत भइ सुरुभएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग हामीले साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। यस मार्फत सबै प्रयोगकर्ताहरूलाई खल्तीको बैंक लिंक सुविधा प्रयोग गरी सहज र छिटो भुक्तानी प्रक्रिया अनुभव गर्न प्रोत्साहित गर्न चाहन्छौं। साथै, प्रयोगर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाउन पनि यो अफर लिई आएका छौँ।”
एक पटक खल्तीमा बैंक लिंक भएपछि प्रयोगकर्ताले प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्युआर (QR) स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी तथा इभेन्ट टिकट, बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै आफ्नो लिङ्क गरिएको बैंक खाताबाट गर्न सक्द्छन्। साथै, खल्ती प्रो को एक वर्षको सब्स्क्रिप्शन प्राप्त भएपछि प्रयोगकर्ताले निःशुल्क बैंक ट्रान्सफर, आफ्नो मोबाइल नम्बरमा टपअपमा २%, सिनेमा टिकटमा १००० रूपैयाँसम्मको बचत र ब्लुबुक नवीकरण सुविधामा १०० रूपैयाँको क्यास्ब्यक जस्ता अन्य थुप्रै अफरहरु प्राप्त गर्नेछन्।
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी समावेश छन्।