सेयर बजार तलमाथि भइरहन्छ, अब बजार बढ्छ : गभर्नर अधिकारी |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार तलमाथि भइरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अबको दिनमा सेयर बजार माथि जाने बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकले बाफियामा तोकिएका बैंक तथा वित्तीय संस्थाहरुको मात्रै नियमन गर्ने भएकाले समग्र पुँजी बजारलाई हेरेर नीति नलिने बताएका छन् ।
उनले पुँजी बजारको नियामक धितोपत्र बोर्ड भएकोले राष्ट्र बैंकले पुँजी बजारलाई हेरेर नीति नलिने बताए । उनले भने, ‘पुँजी बजारलाई प्रत्यक्ष नियम गर्ने काम राष्ट्र बैंकको होइन । त्यसैले मौद्रिक नीतिले पुँजी बजारलाई सम्बोधन गरेन भनेर भन्न मिल्दैन ।’
साथै, उनले बैंकिङ क्षेत्रको स्रोत सबैलाई समान किसिमले वितरण गर्नका लागि सेयर धितो कर्जामा सिमा तोकिएको बताएका छन् ।