महिला लघुवित्तको नाफा ४ करोड ५५ लाख |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४६.१०% ले थोरै हो । गत वर्ष यस कम्पनीले ८ करोड ४५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।
संस्थाको खुद ब्याज आम्दानी ३.४०% ले घटेर १४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा महिलाले १४ करोड ८८ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै सञ्चालन नाफा पनि ४६.१०% ले घटेर ४ करोड ५५ लाख रुपैयाँमा सीमित बनेको छ । यता, यो लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ इम्पेयमेन्ट चार्ज बापत छुट्याएको छ । जसका कारण पनि नाफामा संकुचन आएको हो ।
पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोड ७५ लाख ८५ हजार रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ६३ पैसाबाट घटेर ६१ रुपैयाँ ७९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ७८ पैसा छ ।