समता घरेलु लघुवित्तको खुद नाफा १९.५१% ले घट्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा १९.५१% ले घटेर २ करोड ८५ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १६.०१% ले घटेर ९ करोड ३८ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा १९.५१% ले घटेर ४ करोड ५३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०३ पैसाले घटेर १६ रुपैयाँ ६९ पैसामा सीमित भएको छ ।
प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ९८ पैसा छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् ।