युनाइटेड इदी मार्दीको खुद नाफा ४२% ले घट्यो |
काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा ४२.१३% ले थोरै हो । गत आर्थिक वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड ७७ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ११ करोड ८ लाख ८८ हजार रुपैयाँबाट घटेर १० करोड २० लाख २४ हजार रुपैयाँ कायम भएको छ । यो गत वर्षको भन्दा ७.९९% ले कम हो ।
कम्पनीको वित्तीय खर्च ५ करोड २८ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त खर्च ३ करोड ८२ लाख ७५ हजार रुपैयाँ रहेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा र वित्तीय खर्च बढ्दा यस कम्पनीको नाफामा असर परेको हो । युनाइटेडको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ ।
यसको जगेडा कोषमा ३ करोड ५७ लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १३ रुपैया १५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५२ पैसा छ ।