सानिमा जिआईसीको नाफा शत प्रतिशतले बढ्यो |
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६१.६३ प्रतिशतले बढेर २३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १४ करोड २३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ३२ लाख रुपैयाँ र बीमा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ३१.०७ गुणा बढी रहेको छ ।