सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि नाफा भने सामान्य बढ्यो |
काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ६.६० प्रतिशतले घटेर ७२ करोड ६९ लाख रुपैयाँ सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड ७० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २९ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा रहेको छ ।