नेसनल लाइफको खुद नाफा ५७.७०% ले बढ्यो |
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५७.७०% ले वृद्धि गरेको हो ।
नेसनल लाइफको खुद बिमा शुल्क आम्दानी १०.८४% ले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । यता, लगानी, कर्जा तथा अन्य आम्दानी पनि १९.५२% ले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।
नेसनल लाइफको जीवन बिमा कोषको आकार पनि १८.९५% ले बढेर ५६ अर्ब भन्दा माथि पुगेको छ । रिजर्भ कोषमा भने ७३.६७% गिरावट आएर पुस मसान्तसम्ममा २६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र प्रतिससेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।