राष्ट्रिय बिमा कम्पनीको नाफा ९२.५६% ले बढ्यो |
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ९२.५६% ले धेरै हो । गत वर्ष यस कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा भने बढोत्तरी भएको छ । कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा २७ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्ष यसले कर्जा तथा अन्य लगानीबाट १७ करोड लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, कम्पनीले बिमा कोषको आकार पनि १२.९२% ले बढाएर २ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसको बिमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म यसले २१ करोड २१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले १२ करोड ८८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २८० रुपैयाँ ६७ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार ४३९ रुपैयाँ ७७ पैसा छ ।