अब बैंकले धितो लिलामीको सूचना जारी गर्दा व्यक्तिको फोटो छाप्न नपाउने |
काठमाडौं । अब बैंकहरुले ऋणीको धितो लिलामीका लागि सूचना जारी गर्दा व्यक्तिको फोटो छाप्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै धितो लिलामीका लागि सार्वजनिक गरिने सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो ।
हाल बैंकहरुले धितो लिलामीका लागि सूचना सार्वजनिक गर्दा व्यक्तिहरुको विवरण फोटोसहित पत्रपत्रिकामा सार्वजनिक गर्दै आएका थिए ।