गुहेश्वरी मर्चेन्ट बैंकिङ र अरुण भ्याली हाइड्रोपावको एजीएम आज |
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको आज (माघ २७ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले ६.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.३४% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
गुहेश्वरीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि बनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि आज (माघ २७ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।