वार्षिक ४ अर्ब तालिममा खर्च हुन्छ, तर त्यो तालिमको लागि तालिम मात्रै भएको छः वरिष्ठ उपाध्यक्ष ढकाल |
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक रुपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको भएको भएपनि त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको बताएका छन् । सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको उनले बताए ।
मंगलवार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताएका हुन् । सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित भएको गुनासो गरे । उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए । उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिए ।
उनले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताए । उनले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताए ।