किसान लघुवित्तको नाफा घट्यो |
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार संस्थाको नाफा ९६.५० प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले यस वर्षको पुस मसान्तसम्म १५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण खुद नाफामा असर गरेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३३.९८ प्रतिशतले घटेर ११ करोड ५६ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ । जबकी संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यसैगरी यस अवधिमा संस्थाको सञ्चालन नाफा १६४.०८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा ६ करोड ५४ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा रहेको कम्पनीको सञ्चालन नाफा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ४ करोड १९ लाख २६ हजार रुपैयाँमा झरेको छ ।