बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा |
काठमाडौं । भारतको नम्बर एक वेयरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ।
नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एमोलेड डिस्प्ले र ३० मिनेटको एएसएपी फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। एक्सटेन्ड प्रो ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउछ। यसमा एक डायल प्याड रहेको छ जसमा तपाइँलाई तपाइँको स्मार्टवाचबाट १० ओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्नु हुन्छ । यो स्मार्टवाच उच्चस्तारिय जीवनशैलीका लागि बनाइएको छ र यसमा ७०० प्लस एक्टिभ मोडहरू रहेका छन्, वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटीक SpO2 अनुगमन, र धेरै वाच फेसहरू र थिमहरूलाई समर्थन गर्दछ। IP68 डस्ट र वाटर रेसिस्टेन्सको साथ, एक्सटेन्ड प्रो धुलो र पानी प्रति अत्यधिक प्रतिरोधी रहेको छ।
१.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको यस बोट वेभकलमा ब्लुतुथ कल गर्न सकिन्छ । १० दिन सम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा SpO2 र मुटु को धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ । त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छ । हरेक पहिरन संग मिल्ने बोट वेभकलमा १००+ वाच फेसको साथ आएको छ।
एक्टिभ नोइज क्यान्सलेसन युक्त एयरडोपेस ४११ एएनसीले २५ डि बि सम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ । 2 ENx इनेबल्ड माइकहरु भएको एयरडोपेस ४११ एएनसीले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ। १७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचर युक्त १० एमएमको ड्राइभरहरु पनि राखिएको छ । त्यस्तै बोट ए साप चार्ज मार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ ।
यसको बारेमा बोल्दै टेलीटकका कार्यकारी निर्देशक प्रतिक जलानले भने, “हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौँ। त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसन युक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङ युक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौंँ। अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन्।”
बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध रहेको जनाएको छ।