विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ |
चिरञ्जीवी अधिकारी
महासचिव, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)
सन् २००६ मा कम्प्युटर एसोसिएसन नेपाल नारायणी अंचलको सस्थापक सदस्य रहेका चिरञ्जीवी अधिकारी केन्द्रीय सदस्य, सचिवहुँदै अहिले क्यान महासंघको महासचिव रहेका छन् । उनी पेसाले इन्फर्मेसन सेक्युरिटी अडिटर हुन् । उनले साइवर सेक्युरिटीसम्बन्धी कानुन निर्माण तथा त्यसमा देखिएका समस्याहरूको समाधानका विषयमा काम गर्छन् । साथै, उनले विभिन्न कलेजमा अध्यापनको काम पनि गर्छन् । सूचना प्रविधिअन्तर्गत सफ्टवेयर, हार्डवेयरमा के के कमी कमजोरी छ, त्यसलाई पत्ता लगाउनुका साथै कानुनहरूमा सुधार गर्नुपर्ने कुरा पत्ता लगाएर निर्णय दिने काम साइवर सेक्युरिटीअन्तर्गत पर्छ । नेपालमा सूचना प्रविधिको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा आर्थिक पाटीका लागि मदन लामिछानेले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीसँग गरेको कुराकानीः
नेपालको वर्तमान सूचना प्रविधिको विकासको अवस्थालाई कसरी नियालिरहनुभएको छ ?
नेपालको सूचना प्रविधिको बजार निरन्तर रुपमा बढ्दै गइरहेको छ । तर नेपाली प्रडक्ट तथा नेपाली कम्पनीहरू बनाएका जति पनि सफ्टवेयरहरू छन्, तिनीहरूलाई अनेक बहानामा बजारमा सहज पँहुच दिइएको देखिँदैन । नेपाली सफ्टवेयरमा सामान्य त्रुटि भेटिँदा त्यसलाई ठूलो समस्याका रुपमा चित्रण गरी विदेशी सफ्टवेयर भित्र्याउने काम भइरहेको छ, त्यो नै नेपाली सूचना प्रविधिको बजारको लागि दुर्भाग्य हो । बिदेशी सफ्टवेयरको प्रयोग गर्दा साइबर सेक्युरिटी, थे्रट आउनुका साथै डाटा बाहिर जान्छ । साथै, हामीले तिर्ने पैसा बिदेश जानाले राष्ट्रको आम्दानीमा ठूलो असर पार्छ । सफ्टवेयरबाट देशमा समृद्धि ल्याउने हो भने नेपाली प्रोडक्टलाई प्राथमिकता दिनुपर्छ । नेपाली प्रडक्टहरू गुणस्तरीय छन् कि छैनन् भन्ने जाँचेर सरकारले राजनैतिक प्रतिवद्धतासहित सरोकारवाला निकायसँग मिलेर यसलाइ लागू गर्नुपर्छ । विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । यस्तो गर्न सकियो भने नेपालमा उत्पादन भएका जति पनि आईटीका विद्यार्थीहरू छन्, तिनीहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुन जान्छ ।
विदेशी सफ्टवेयर प्रयोगको अवस्था कस्तो छ ?
अहिले कम मूल्य पर्ने सामान्य सफ्टवेयर एप्लिकेसनहरू केही हदसम्म स्वदेशी प्रयोग गरिने भए पनि महँगा करोडौँ रुपैयाँ पर्ने सफ्टवेयरहरू विदेशी आयात हुने गरेको छ । नेपालबाट वर्षेनि १० अर्व रुपैयाभन्दा बढीको सफ्टवेयर आयात हुँदै आइरहेको छ । विदेशी सफ्टवेयर आयातलाई कम गर्न सरकारी नीति नियमलाई बदल्नुपर्ने देखिन्छ । सरकारी नियमहरू यस्तो बनाइएको छ कि नेपालीले बनाएको प्रडक्ट नेपालमै बेच्नका लागि पनि नदिने, नवीनतम प्रविधिलाई रोक्ने खालको छ । यसलाई सरकारले छुट्टै कमिटी बनाएर सम्बोधन गर्नुपर्छ ।
नेपालमा सफ्टवेयरको बजार विस्तारका लागि सरकारले के गर्नुपर्छ ?
सरकारले सरोकारवाला निकाय क्यान महासंघ, विभाग, मन्त्रालय लगायत निजीक्षेत्रका व्यवसायीहरू सम्मिलित कमिटी बनाएर नेपाली प्रोडक्टलाई बाधा नपुग्नेखालर्को नेसनल सफ्टवेयर प्रोकुमेण्ट पोलिसी’ बनाउनुपर्छ । यस्तो गर्न सकियो भने मात्र नेपाली सफ्टवेयर बजारको आधार तयार पार्न सकिन्छ । यस्तो कमिटीले नेपाली सफ्टवेयरको गुणस्तर मापन गर्ने, रेटिङ गर्नेलगायतको काम गर्छ । यसबाट सर्टिफाइड भएका सफ्टवेयरहरू सरकारी तथा निजी क्षेत्रले अनिवार्य प्रयोग गर्नु पर्ने प्रावधान राखिनुपर्छ । अनि मात्र नेपाली आईटी कम्पनीको बजार बिस्तार हुन्छ । जसरी अडिट गर्नका लागि चार्टर एकान्टेण्ट भइसके पछि एशोसिएशनबाट सदस्यता लिनुकासाथै सम्बन्धित निकायबाट परिक्षा पास गर्नुपर्छ त्यस्तै नेपाली प्रडक्टलाई पनि सर्टिफइड भएपश्चात् बजार बिस्तार, मार्केटिङ तथा ब्राडिङ गर्न खुला रुपमा छोड्नुपर्छ ।
सूचना प्रविधिका सम्बन्धि गतिबिधि बढाउन क्यान महासङ्घको भूमिकाचाहिँ के हुन्छ ?
महासङ्घले शिक्षित तथा शहरी क्षेत्रर्मा डिजिटल नेपाल फ्रेमवर्क’ को जगलाई कसरी बलियो बनाउन सकिन्छ भनेर क्यान इन्फोटेकको आयोजना सन् १९९५ देखि गर्दै आइरहेको छ । यस मेलामा नेपाली जनतामाझ प्रत्यक्ष रुपमा नेपालको बिजनेसको सोकेस गर्नुका साथै नेपाली स्र्टाटअप तथा इन्योभेसनको सोकेस पनि हुन्छ । साथै, यो मेला कुनै पनि नेपालीको व्यक्तिगत क्षमता तथा इनोभेसन प्रर्दशन गर्ने प्लेटफर्म बनेको छ । हार्डवयेर प्रडक्डको पहिलेदेखि नै ब्राण्डिङ हुँदै आइरहेकै छ । यस मेलामा हामीले नेपालका एक्सपर्ट तथा सफ्टवेयरको ब्राण्डिङ तथा बजार बिस्तारका लागि हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन गर्दैछौं ।
अव सूचनाप्रविधि सँग सम्बन्धित नितीनियमहरू परिमार्जन गर्नुपर्ने आवश्यकता छ । सरकारले आईसीटी नीति २०७५ मा जारी गरे पनि त्यसको कार्यान्वयन भने अलपत्र परेको छ । यस लाई जति सक्यो छिटो कार्यान्वयनमा लैजानुपर्छ । त्यस्तै सूचनाप्रविधि सँग सम्बन्धित आवस्यक थप नीतिनियमहरू बनाउनुका साथै नीति नियमले नसमेटने कुराहरूलाई गाइडलाइन बनाएर लागु गर्नुपर्छ । क्यान महासङ्घ, सरकार, विशेषज्ञ र निजी क्षेत्र सम्मिलित उच्चस्तरीय काउन्सिलको गठन गरेर सूचनाप्रविधिसँग सम्बन्धित गतिविधिलाई दुरदराजसम्म पुर्याउनुपर्छ । क्यान महासङ्घको ७४ वटै शाखा र सातै प्रदेशमा सरकारले ल्याएका निति नियमहरू लागू गर्न र जनचेतना बढाउन हामी तयार छौ ।
यसपालिको मेलामा स्र्टाटअपहरू लाई कसरी समेटनु भएको छ ?
हामीले यसपाली युवाहरूलाई प्रोत्शाहन दिन उनीहरूलाई प्लेट फर्म बनाइदिने, निगरानी तथा लगानी वातावरण बनाउनका लागि बिजनेस मिटको आयोजनाहरू ग्रिरहेका छौँ । पहिलो कुरा त सूचना प्रविधिका लागि वाताबरण बनाउने हो । नेपालको सूचनाप्रविधि बजारमा लगानी तथा अवसर सृजना गर्न स्टार्टअप तथा ठूला व्यवसायीहरूलाई एउटै थलोमा ल्याएर छलफल गरेर युवाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई अगाडि बढाउने काम पनि गर्दै आई रहेका छौँ । यसपालिको मेलामा हामीले स्टार्टअप, इनोभेसन, सफ्टवेयरका लागि छुट्टा छुट्टै प्याभेलियनको ब्यवस्था पनि गरेका छौ ।
नेपालमा सफ्टवेयर उद्योगको सम्भावनालाई कसरी हेर्न सकिन्छ ?
यस क्षेत्रमा नेपाललाई अगाडि बढाउने सन्दर्भमा हामीले आशा र भरोसा गर्न सक्ने भनेको सफ्टवेयर इण्डस्ट्री नै हो । यसबाट नै नेपालको सम्वृद्धि सम्भव छ । नेपालका यूवाहरूको ज्ञान, दक्षता, क्षमताबाट बनेको प्रडक्ट भनेको सफ्टवेयर हो । नेपालीले यहीँ बसेर विदेशी सफ्टवेयर बनाएका छन्, कोडिङलगायतका काम पनि गर्दै आइरहेका छन् । त्यही सफ्टवेयर नेपालमा विक्री हुन्छ । यसबाट राष्ट्रको आम्दानीमा ठूलो असर परेको छ । दूरसंचारभन्दा पनि ठूलो सफ्टवेयर उद्योग बन्न सक्ने अवस्था हामीले देखेका छौँ । यदि हामीले नेपालमा उत्पादित ग्य्राजुएट जनशक्तिका लागि राजगारी सृजना गर्न सक्ने र उपयोगमा ल्याउन सक्ने हो भने छोटो समयमा नै ठूलो फड्को मार्न सक्छौँ । यो कुरा राज्यले बुझ्न जरुरी छ । राज्यले नै त्यसका लागि अग्रसरता देखाउन आवश्यक छ ।
सूचना प्रविधिमा आधारित कतिपय सफ्टवेयर कम्पनीहरू सरकारको औपचारिक प्रक्रियामा आउन सकेका छैनन् । त्यसलाई कानुनी दायरामा ल्याउन के गर्न सकिएला ?
कुनै पनि व्यवसायलाई पहिले त्यसको प्रवद्र्धन गर्नुपर्छ । अहिले सबैको प्रयास नै यो व्यवसायको विस्तार होस् भन्ने छ । सरकारले भइरहेका कम्पनीहरूलाई व्यवसायीक वातावरण बनाई दिने हो भने औपचारिक प्रक्रियामा नआएकाहरू पनि आफैँ आउँछन् । नेपालमा ५ सयभन्दा आउट सोर्सिङ कम्पनीहरू छन् । उनीहरू नेपालमै बसेर विदेशी कम्पनीको काम गरिरहेका छन् । उनीहरू कानुनी दायरामा आउनुपर्छ भन्ने क्यान महासंघको माग पनि रहेको छ । तर, सरकारले सहजीकरण गर्न सकेको छैन । सरकारले मेकिङ नेपालको अवधारणलाई शब्द वा भाषणमा नभएर काममा लागू गर्दै भइरहेका स्वदेशी कम्पनीहरू लाई सहजिकरण गर्नु पर्छ ।
नेपालमा सूचनाप्रविधि बजारका अप्ठ्यारा पक्ष केके हुन् ?
सरकारले आईटी क्षेत्रलाई जति बजेट छुट्टाउनु पर्थो त्यति छुट्याएको छैन । त्यस्तै हरेक प्रदेशमा आईटी पार्क बनाउने योजना थियो, दुभाग्र्यवश त्यो सफल हुन सकेको छैन । हामीले यस्ता आईटी पार्कहरू बनाएर त्यसमा युवा तथा डेभलपरहरू लाई लगाएर नेपालमा बन्ने सबै सफ्टवेयरहरू त्यहाँबाट बनाउन सक्छाँै । सरकारले थुप्रै नीति नियमहरू बनाएको छ तर सूचनाप्रविधिको क्षेत्रमा आएको छिटोछिटो परिवर्तनले त्यस्ता नीति नियमहरू परिमार्जन गर्नुपर्ने आवस्यकता छ । त्यसैले कम्तीमा २ वर्षमा नीति नियमहरू परिमार्जन गर्ने संयन्त्र बनाउनुपर्छ । निजीक्षेत्रलाई पनि व्यवसायीका रुपमा मात्र नहेरेर उनीहरूले गरेको लगानी, रोजगारी तथा खोज अनुसन्धानलाई पनि सरकारले कदर गर्नुपर्छ ।
नेपालमा आईटीका प्रयोगकर्ता र यसको कारोबारको आधिकारिक तथ्याङ्क पत्ता लगाउन क्यानले के गर्दै छ ?
हामीसँग तथ्याङ्क लिनका लागि आधिकारिक निकाय छैन । यस विषयमा अहिले सरकारसँग पनि छलफल भएको छ । अब यी विषयमा तथ्याङ्क सङ्कलन गर्ने आधिकारिक निकायको स्थापना गर्ने बेला भएको छ । आगामी दिनमा सरकारसँग मिलेर क्यान महासंघले यसको तथ्याङ्क राख्नुपर्छ । यसका लागि ठूला करदाता कार्यालयमा आईटी कम्पनीहरू छन् । त्यहाँबाट एकीकृत रुपमा सूचना प्रविधि विभागले तथ्याङ्क सङ्कलन गर्न पहल ग¥यो भने हामी प्राविधिक सहयोग गर्न तयार छौँ ।
यसपालिको मेलाका आकर्षणचाहिँ के–के छन् ?
मेलामा हरेक डिभाइसको नयाँ प्रविधिको लेटेस्ट भर्जनहरू पाउनु हुनेछ । अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । मेलामा हामीले स्टार्टअप, इनोभेसन, सफ्टवेयरका लागि छुट्टाछुट्टै प्याभेलियनको ब्यवस्था गरेका छौँ । उपभोक्तालाई जुन कुराको गहिराईमा भएर बुझन मन लाग्छ, त्यही प्याभेलियनमा गएर बुझन सक्नुहुन्छ ।
विगत केही वर्षदेखि काठमाडौंबाहिर पनि क्यान इन्फोटेकको आयोजना भइरहेको छ, काठमाडौं र बाहिरका सूचना प्रविधिका प्रयोगकर्तामा के फरक पाउनुभयो ?
काठमाडांै र बाहिरको इन्फोटेकको स्वरूप फरक हुन्छ । किनभने यहाँ जनसङ्ख्या धेरै छ । काठमाडांैका मानिसलाई सूचना प्रविधिका बारेमा जानकारी पनि धेरै छ । काठमाडौंबाहिर क्यान मेला आयोजना गर्दा त्यहाँ व्यवसायीहरूले सूचनाप्रविधिको प्रवद्र्धन राम्रोसँग गरेका छन् भन्ने देखिएको छ । बाहिरका प्रयोगकर्तामा पनि सूचना–प्रविधिप्रतिको जिज्ञासा बढेको छ । काठमाडौंमा भ्रमण गर्नेको सङ्ख्या धेरै हुन्छ भने बाहिर जान्न चाहनेको ।
यस वर्ष कतिले यो मेला अवलोकन गर्ने अपेक्षा गर्नुभएको छ ?
यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ । यस मेलामा करिब २ सय २० वटा स्टलहरू रहने छन् । क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।
यस्तो खालका प्रदर्शनी आयोजना गर्दा कति खर्च लाग्छ ?
खर्च र आम्दानीभन्दा पनि यो क्यान महासङ्घको मात्रै नभएर देशकै ठूलो इन्फोटेक हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले यसको आयोजना गरिएको हो । खर्च र आम्दानीको कुरा गर्दा पक्कै पनि यसबाट हुने केही आम्दानीले महासङ्घका गतिविधि अगाडि बढाउन सहयोग पुर्याएको छ । पहिलेको तुलनामा आम्दानी धेरै नै घटेको छ । अहिले उपभोक्ताहरूले थ्रीडी, फोरडी फाइभडी, यूटुब, गुगलबाट जानकारी लिएर सामानहरू किन्ने गर्छन् । पहिलेजस्तो ६ महिना अगाडिबाट सीडी, पेनड्राइभ किन्न लाई कुर्नु पर्दैन । कम्पनीले दिने अफरहरू अरु बेला पनि आइरहेको हुन्छ । त्यो हिसावले पनि अवलोकनकर्ताको सङ्ख्या घटेको हो ।