व्यवसाय प्रवर्द्धनको लागि मेला महत्वपूर्ण छ |
सरिता सिंह
उपाध्यक्ष, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)
क्यान इन्फोटेक आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
क्यानको २८ औ मेलासम्म आइपुग्दा नेपाली उपभोक्ताहरुले नयाँ के कस्ता प्रबिधि भित्रिएका छन् त्यसको जानकारी लिन ब्यग्रताका साथ पर्खिरहेको पाइन्छ । कुनै नयाँ ग्याजेट वा ल्यापटप किन्नु पर्यो भने पनि क्यान इन्फोटेकमै लिने भन्ने मानसिकता हुन्छ । क्यान मेलामा अहिलेको समयको नयाँ नयाँ प्रविधिका सामानहरु आएको हुन्छ र त्यहाँ विभिन्न ब्राण्डहरुका सामान छानेर किन्न पाइन्छ भन्ने हुन्छ । अहिले बजारमा १३ जेनेरेशनसम्मको ल्यापटप आइसकेको छ । त्यस्तै विभिन्न मोडेलका सामानहरु मेलामा छानेर खरिद गर्न तथा अवलोकन गर्न पाइन्छ । सफ्टवेयर तथा हार्डवेयरमा मेलामा केहि नयाँ देख्न पाइन्छ भन्ने छाप आम उपभेक्तामा अहिले पनि रहेको पाइन्छ । तर पहिलेकोभन्दा अहिले मानिसहरुमा केहि परिवर्तन भने अवस्य भएको पाइन्छ । नयाँ नयाँ प्रविधिको बारेमा गुगललगायतका प्लेटफर्मबाट उपभोक्ताले पहिले नै जानकारी लिने तथा अनलाइन व्यवसायले गर्दा मेलाको व्यापार भने केहि खस्किएको छ ।
जेन्यून कम्प्यूटर ट्रेडिङले क्यान इन्फोटेकमा कसरी सहभागिता जनाउँदै छ ?
हामीले मुख्यरुपमा एमएसआई ब्राण्डका प्रोफेशसनल कम्प्यूटर सेट, ल्यापटपलाई फोकस गरेका छौ । विगत १६ वर्षदेखि हामीले एमएसआई ब्राण्ड विक्री गर्दै आइरहेका छौ । यसको उत्पादन ताइवानमा हुन्छ । प्रोफेशसनल कम्प्यूटर सेट सेगमेण्टमा यो ब्राण्ड विश्वकै दोस्रो स्थानमा पर्छ । यो मूल्यका हिसावले केहि महङ्खो भए पनि यसका पार्टसहरु एकदमै जेन्यून छ । हामीे सँग भिडियो इडिटिङ, ग्रापिक्स डिजाइनिङ, एनिमेसन, गेमिङलगायतका लागि आवश्यक पर्ने सबै हार्डवेयर सलुसनहरु उपलब्ध छन् । यसका साथै वेन क्यू ब्राण्डका प्रोजेक्टर र स्मार्ट फोन पनि हामीले राख्छौ ।
विक्रीका हिसावले यस मेला लाई कसरी लिनु भएको छ ?
बिदेशतिर यस्ता इन्फोटेकहरु लाई प्रडक्टको ब्रान्डिङ गर्ने थलोको रुपमा लिइन्छ । हामीले पनि त्यसरी नै प्रडक्टको बारेमा जानकारी दिएर ब्रान्डिङ गर्ने सोचका साथ अगाडि बढेका छौ । व्यवसाय प्रबद्र्धनको लागि मेला महत्वपूर्ण छ । हामी कहाँ इन्फेटेक लाई मेलाका रुपमा लिइन्छ, जहाँ भिडभाड होओस र सामानहरु धेरै बेच्न सकियोस् ।
प्रोफेशसनल सेगमेण्टको कम्प्यूटर सेटमा प्रतिस्पर्धा कस्तो छ ?
अहिले बजारमा तिब्र प्रतिस्पर्धा छ । बजारमा धेरै ब्राण्डका प्रडक्टहरु छन् । हामी चाँही एमएसआई ब्राण्डको नेपालको लागि आधिकारिक विक्रेता हौ । ग्रे मार्केटबाट पनि यस्ता सामानहरु भित्रिरहेका कारणले पनि विक्रीमा केहि अषर पारेको छ ।