मेन्छियाम हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न बोर्डले दियो अनुमति |
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मेन्छियाम हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ १९ गते आइपीओ निष्कासन अनुमति दिएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । कम्पनीले संखुवासभा जिल्लामा ४.७२ मेगावाटको अपर पिलुवा खोला–२ स्मल हाइड्रोपावर प्रोजेक्ट र ७.७०० मेगावाटको अपर पिलुवा–१ सञ्चालन गरिरहेको छ ।