आरएमडीसी लघुवित्तको खुद नाफा २२.५८% ले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएमडीसी लघुवित्तको खुद नाफा २२.५८% ले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी २०.४६% ले बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा आरएमडीसीले २७ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि २५.६६% ले बढेर २९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २३ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा आरएमडीसी लघुवित्तको वितरणयोग्य नाफा ११ करोड ३४ लाख रुपैयाँ छ । यसअवधिमा नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर ३३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ०४ पैसा छ ।