१२ करोडको सीमा हटाउन र शेयर कर्जा जोखिम भार घटाउन लगानीकर्ताकाे माैद्रीक नीतिमा सुझाव |
काठमाडौं । पूँजीबजारका लगानीकर्ताका संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि केन्द्रीय बैंकलाई सुझाव दिएका छन । लगानीकर्ताका सयुक्त संगठनले आज ४ बुँदे मागसहित सुझाव दिएका हुन ।
लगानीकर्ताका संगठनले हाल कायम शेयर धितोकर्जामा १२ करोडको सीमाले शेयर बजारलाई निरुत्साहित गरेको हुँदा उक्त व्यवस्था फिर्ता गर्न माग गरेका छन । त्यस्तै, शेयर कर्जामा लगाइएको १५० प्रतिशत जोखिम भारित औसतलाई १०० प्रतिशत नै काय गर्न अनुरोध गरेका छन ।
त्यसैगरी हालकायम ब्याजदर उच्च रहेकाले लगानीकर्ता निरुत्साहित बन्दै गएको भन्दै एकल अंकमा कर्जाको ब्याजदर कायम गर्न आग्रह गरेका छन् । तरलता समस्याको समाधान तत्काल गर्न माग गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले केन्द्रीय बैंकलाई सुझाव दिएका हुन् ।