डिसहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधाराका निशान्त बुढाले जिते १ लाख |
काठमाडौं । चाँदनी–दोधारा नगरपालिका— ८ का निशान्त बुढाले डिसहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जितेका छन् । डिसहोमका एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले उनले जितेको उक्त रकमबराबरको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
बुढाले केदार ट्रेडिङको डिलरअन्तर्गत रहेको दोधारा कञ्चनपुरका सह—वितरक न्यु एकता ट्रेडर्सका डिलरदाइ रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढा यस योजनाको लक्की ड्रमा सहभागी भएका थिए ।
डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने योजना सञ्चालन रहेको छ । यस योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले 'लक्की ड्र'मार्फत नगद १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।
लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिसहोम शोकेसमा हेर्न सकिने कम्पनीले बताएको छ ।