सनराइज फोकस्ड इक्विटी फन्डमा आवेदन दिने समय लम्बियो |
काठमाडौंँ । सनराइज फोकस्ड इक्विटी फन्डमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा आज (माघ १३ गते) सम्म आवेदन दिन सकिने भनिएको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो ।
सनराइज क्यापिटलले माघ १० गतेदेखि ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ को कुल १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५% कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन गर्न सकिनेछ । सनराइज फोकस्ड इक्विटी फन्ड सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिबाट १० वर्षसम्म रहनेछ ।