आँधिखोला लघुवित्तको एजीएम आज, ३१.५८% लाभांश वितरण प्रमुख एजेन्डा |
काठमाडौंँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज (माघ १३ गते) बस्दैछ । सभा होटल गाउँवेशीको सभा हल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३०% बोनस सेयर र १.५८% नगद (कर प्रयोजनार्थ) गरी कुल ३१.५८% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि यस संस्थाले माघ ३ गते बुक क्लोज गरिसकेको छ । यसकारण, माघ २ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।