सन्राइज बैंकद्वारा सीआईबीलाई बैंकिङ सुरक्षा सम्बन्धि चेतनामूलक भिडियो हस्तान्तरण |

काठमाडौंँ । सन्राइज बैंक लिमिटेडले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई चेतनामूलक भिडियो हस्तान्तरण गरेको छ।
हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानीहरु समेटेर बैंकले ‘कुशल’ नामक चेतनामूलक भिडियो बनाएर सीआईबीलाई हस्तान्तरण गरेको हो।
बैंकिङ पहुँच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोगसँगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको बैंकले जनाएको छ।
साधारण बैंकिङ सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेकाले सचेत हुन जरुरी रहेको बैंकले जनाएको छ।
सोही कुरालाई मध्यनजर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरे।
उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षा सम्बन्धी चेतनामूलक जानकारी, घटना र कथामार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशैभरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत समाजमा पुर्याएर चेतना बढाउन मद्दत गर्ने जनाएको छ।