स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।