सीमा क्षेत्र पर्यटन प्रर्वद्धनमा बोर्डको थप सक्रियता |
काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ । बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।
‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं ।’ उनले भने । बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस) , र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गदैछ ।
कार्यक्रममा नेपालका पर्यटन व्वसायी तथा भारतीय पर्यटन व्वसायीहरुको सहभागिता रहेको छ । । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।
गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतिरकण दिँदै नेपाल र भारतबीच एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताए । उनले नेपाल नेचर कल्चर र एडभेन्चर सबै हिसावले उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रह गरे ।
नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस र्बोडर पर्यटनमा जोड दिएको बताए । उनले भारतीय पर्यटकको स्वागत गर्न नेपाल सधैं तयार रहेको जानकारी दिँदै बीटुबी कार्यक्रमबाट हुने पर्यटकीय गतिविधीले दुवै देशको पर्यटन प्रर्वद्धन हुने बताए ।
यस्तै सिद्धार्थ होटल एशोसिएसनका संस्थापक अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारतीय पर्यटकहरुका लागि उत्कृष्ट गन्तव रहेको बताउँदै नेपाल आतिथ्यका लागि तयार रहेको बताए । गोरखपुर तथा वनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
गोरखपुरमा आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउनु बताउनु भयो । स्पेनको मड्रिडमा फितुर सम्पन्न बसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ ।
जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाल सबै सिजनको लागि उपर्युक्त गन्तवय भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरे । यस्तै बोर्ड र स्पेन स्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोशन इभेन्ट पनि सम्पन्न भएको छ । कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले सहभागीहरुका लागि नेपालको समग्र पर्यटनको प्रस्तुतिकरण तथा पछिल्लो पर्यटकीय गतिविधिका बारेमा जानकारी दिएका थिए ।
यस्तै नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सैब खालका पर्यटकको लागि उपयुक्त गन्तव्य भएकोले भ्रमण गर्न आग्रह गरे । यस्तै दुतावासमा आयोजित कार्यक्रममा युएन डब्लुटिओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक ह्यारी ह्वाङ ९ ःच।ज्बचचथ ज्धबलन, म्ष्चभअतयच – ब्कष्ब एबअषष्अ मभउबचतmभलत या ग्ल्ध्त्इ० सहित विभिन्न टावल टे«ड क्षेत्रका व्यवसायीहरुको सहभागिता रहको बोर्डका प्रबन्धक खड्ग विक्रम शाहले जानकारी दिए । सो अवसरमा नेपाली सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो । सन २०२२ मा स्पेनबाट ८ हजार ३३९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।