प्रोग्रेशिभ फाइनान्सको नाफा ऋणात्मक |
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको नाफा ऋणात्मक रहेको छ।
पुस मसान्तसम्ममा फाइनान्सको खुद नाफा १ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा ऋणात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख रुपैयाँबाट बढेर १० करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी १० करोड ३ लाखबाट बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक भएको हो। सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
पुस मसान्तसम्ममा ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको रिटन्ड अर्निङ्ग २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडामा ८ करोड ६८ लाख रुपैयाँ रहेको छ।