गुडविल फाइनान्सको इम्पेरिमेन्ट चार्ज बढ्दा नाफा घट्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४०.७२% ले थोरै हो । गत वर्ष यसले ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालना नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
गत वर्ष ३ करोड ६१ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ४०.३५% ले घटेर ६ करोड ६५ लाख रुपैयाँमा झरेको छ ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने १५.२०% ले बढेर २२ करोड ५२ लाख रुपैयाँ भएको छ । गुडविलको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ३२ पैसाले घटेर ९ रुपैयाँ ९२ पैसा (बार्षिक) भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ८५ पैसा छ ।