आइएमई जनरल इन्सुरेन्सको साधारण सभा आज |
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३२% नगद गरी जम्मा ६.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।