मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जसपा प्रवेश |

काठमाडौं । महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।