वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी |

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च निर्वाचित भएको छ।
शुक्रबार संघको २९ औं साधारणसभा तथा निर्वाचनमा मञ्चको प्यानल नै विजयी भएको हो। अध्यक्षमा राजेन्द्र भण्डारी छन्। उनी १९९ मत ल्याएर विजयी भएका हुन्।
प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री, द्धितीय उपाध्यक्षमा उपाध्यक्षमा सञ्जु गुरूङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल,महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घले छन्।
सदस्यहरूमा देउमान नेम्वाङ, आनन्द प्रसाद कोइराला, राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल छन्।