माछापुच्छे बैंकको नाफा १.४३ प्रतिशतले बढ्यो |
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
पुस मशान्तसम्ममा बैंकले एक अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो।
दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ छ।
बैंकको आधार दर ११.२३ प्रतिशत छ भने स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।
बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ।