सेन्चुरीलाई भर्खरै प्राप्ति गरेको प्रभु बैंकले कस्तो निकाल्यो वित्तीय विवरण ? |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४.९२% ले थोरै हो ।
गत वर्ष यसले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३% ले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने १२.५२% ले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रभुको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसाले घटेर १० रुपैयाँ १९ पैसामा सिमीत भएको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ ।