नबिल बैंकको नाफा ३ अर्ब ४१ करोड, इपीएस पनि बढ्यो |
काठमाडौं । नबिल बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको हो ।
गत वर्षको यसैअवधिमा भने २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि ५६.०६% ले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँमा पुगेको छ ।
साथै, खुद ब्याज आम्दानीमा पनि ८५.६३% सुधार भएर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेपछि खुद नाफा पनि बढेको हो । वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
यता, पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा १.११% बाट बढेर २.९८% पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा छ ।