ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार |
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७% ले मात्र खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३६.४५% ले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ३.२०% ले बढेको छ ।
यता, पुस मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ ।
बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ ।