अपि पावरलाई बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगको स्वीकृति |
काठमाडौं । अपि पावर कम्पनीले बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । अपि पावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५% बोनस सेयर र कर प्रयोजनको लागि पनि ०.३९% नगद लाभांशवितरण गर्न स्वीकृति पाएको हो ।
कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । आयोगको स्वीकृतिपछि अब कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ ।