सपोर्ट लघुवित्तले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल साढे ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।